पत्रकारद्धय फिपराज बेघा र भीमराज अधिकारी सम्मानित

<span class='c1'>पत्रकारद्धय फिपराज बेघा र</span> <span class='c2'>भीमराज अधिकारी सम्मानित</span>

विराटनगर । पथरी शनिश्चरे नगरपालिकाको ‘सञ्चार मिडिया प्रर्वद्धन कार्यक्रम’ अन्तर्गत ‘पत्रकार पुरस्कार-२०८०’ बाट दुईजना पत्रकार सम्मानित भएका छन् ।

नगरप्रमुख मोहन प्रसाद तुम्बापो र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद खरेल लगायतले सोमबार पथरी शनिश्चरे -५ का सेवारो पोष्ट अनलाइन पत्रीकाको प्रधान सम्पादक फिपराज बेघालाई मुहाराङ्कित चित्र र नगद २० हजारसहित सम्मानित गरेका हुन् ।

यस्तै प्रदेश दैनिक अनलाइन पत्रीकाका संचालक/प्रधान सम्पादक भीमराज अधिकारी रहेका छन् । उनी २५ हजारसहित पुरस्कृत भएका हुन् ।

त्यस्तै, नगरभित्रका विभिन्न संचार माध्यमहरूमा कार्यरत पत्रकारहरु केशव प्रसाद निरौला, भूमि प्रसाद पाठक, छवि ढकाल, विबेक न्यौपाने, प्रेम केडी भट्टराई र ईश्वर दुलाललाई नगरमा सशक्त पत्रकारिता गरेवापत लेखनवृत्ति शिर्षकमा पुरस्कृत गरिएको थियो। उनीहरूलाई जनही ५ हजारका दरले रकम प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्