विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-९ झरना टोलस्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति १० बजे स्थानीय झरना बिकले आफ्नै घरबाट लागुऔषध बिक्रि बितरण गरीरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकाईछिपाई राखेको अवस्थामा ३ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर फेला पारेसगै कमल गाउँपालिका-३ का २४ बर्षीय सन्ध्या राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल