घुस लिएको आरोपमा इन्जिनियर पक्राउ

<span class='c1'>घुस लिएको आरोपमा</span> <span class='c2'>इन्जिनियर पक्राउ</span>

काठमाडौँ । रुपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द्रकुमार यादव वडा नं ५ को सडकको ग्राभेल र पिससी कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग रु ४५ हजार घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ ।

अभियुक्त यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको हो ।

त्यसैगरी महोत्तरीको सम्झी गाउँपालिकाको लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरीन यादवलाई कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा रु एक लाख २५ हजार घुस लिइरहेको अवस्थामा आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई लेखापालको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दालहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्