जातीय विभेद गर्नेलाई राज्यले कानुनीरुपमा दण्ड दिनुपर्छ : अध्यक्ष यादव

<span class='c1'>जातीय विभेद गर्नेलाई राज्यले कानुनीरुपमा</span> <span class='c2'>दण्ड दिनुपर्छ : अध्यक्ष यादव</span>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद गर्नेलाई समाजले सामाजिक रूपमा बहिष्कार र राज्यले कानुनीरुपमा दण्ड दिनुपर्ने बताउनुभएको छ ।

शिल्पी/दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति सङ्गठनद्वारा संयुक्तरुपमा माइतीघर मण्डलामा बुधबार आयोजना गरिएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा उहाँले जातीय विभेद गर्नेलाई समाजले बहिष्कार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जातीय विभेद गर्नेलाई समाजबाट, व्यवहारबाट पद्धति, रीतिरिवाज र चालचलनबाट जहाँ जुनरुपमा छ त्यसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ ।”

उहाँले जातीय विभेदलाई नेपालमा संवैधानिक र कानुनीरुपले दण्डनीय मानेको र अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय, मानवता विरोधी अपराधका रुपमा लिएको बताउँदै यस्ता विभेद कानुनमा मात्र लेखेर नहुने धारणा राख्नुभयो ।

अबको युगमा मान्छेलाई उसको क्षमता, योग्यता, चरित्र र उसले गरेको योगदानका आधारमा हेरिने भएकाले कुन जातमा जन्म्यो, कुुन कूलमा जन्म्यो भनेर हेर्ने युग नभएकोसमेत बताउनुभयो ।

समाजमा विद्यमान सामन्तवादी चिन्तन, व्यवहार, प्रवृत्ति, विभेद र भेदवभाका विरुद्ध सबै एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जबसम्म यी विभेद र भेदभाव कायम रहन्छन् तबसम्म खबरदारी अभियान निरन्तर जारी रहनेसमेत अध्यक्ष यादवले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्