धनकुटा । तमोर नदीले बगाएर दुई जना बेपत्ता भएका छन्।
धनकुटाको चौबिसे नगरपालिका–५, मुर्कुतेस्थित तमोर करिडोरमा सडक निर्माण गर्ने क्रममा ३२ वर्षीय राजु तामाङ र १८ वर्षीय डुवा मोक्तान नदीमा खसेका हुन्।
बुधबार साँझ ५ बजे सडक बनाउने क्रममा अचानक चिप्लिएर तमोर नदीमा खस्दा नदिले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।
फोटो:फाइल