असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान

<span class='c1'>असार तेस्रो सातासम्ममा मोरङमा</span> <span class='c2'>३५ प्रतिशत रोपियो धान</span>

बेलबारी । असारको तेस्रो साता बितिसक्दा अन्न भण्डारका रूपमा मानिने मोरङमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार जिल्लाभित्र २९ हजार एक सय ५५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो ।

‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराको साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरेको र जसको हालसम्म २० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताउनुभयो । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने प्रमुख सिंह बताउनुहुन्छ । गत वर्ष मोरङमा ९९ प्रतिशत रोपाइँ भएको सिंहले दाबी गर्नुभयो ।

मोरङमा धेरै मात्रामा रन्जीत धान, रामधान, विवी एघार, स्वार्णलगायत धान लगाउने गरेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ ।

गत वर्ष मोरङमा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । जसमा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्