आगामी दुई शनिबार बैंक खुल्ने

<span class='c1'>आगामी दुई शनिबार</span> <span class='c2'>बैंक खुल्ने</span>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ ।

चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो ।

“असार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गनपर्नेछ”, राष्ट्र बैंकले आज जारी गरेको सूचनामा भनिएको छ ।

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अनुरोधपछि यस्तो निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्