साताको सेयर बजार : १०१ अंकले नेप्से घट्दा साढे १७ अर्बको कारोबार

<span class='c1'>साताको सेयर बजार : १०१ अंकले</span> <span class='c2'>नेप्से घट्दा साढे १७ अर्बको कारोबार</span>

असार अन्तिम लागेसँगै यसको प्रभाव सेयर बजारमा राम्रै लागेको छ । वर्ष भरीको हिसाबकिताब लगानीकर्ताहरु अकाउण्ट क्लोजिङ्गमा लाग्दै गर्दा सेयर बजारले ओरालो यात्रा तय गरेको हो ।

अघिल्लो साता जम्मा चार दिन खुलेको बजारमा ९५.४६ अंकले नेप्से बढ्दै २१ सय ५० अंकको विन्दुमा अडिएको थियो । तर, यो साताको पहिलो कारोबार दिननै ५३ अंकमाथिले नेप्से सूचक घटेर शुरुवात गरेकोमा अन्तिम दिनसम्ममा कूल १०१ अंकले घट्दै नेप्से सूचक २ हजार ४९ अंकको विन्दुमा झरेको छ ।

यो साता पाँचै दिन सेयर बजार खुल्ला भएको थियो । तर, एक दिन मंगलबार (असार १९ गते) बाहेक बाँकी चारै दिन नेप्से सूचक ऋणात्मक भएको छ ।

कारोबार पनि साढे ५ अर्बमाथिले घट्यो
नेप्से सूचकमा एक सय अंकमाथिको गिरावट आएसँगै यो साता यता कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । अघिल्लो हप्ता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदै गर्दा यो साता घटेर १७ अर्ब ५१ करोड ५७ लाख रुपैयाँमा झरेको छ । अघिल्लो साताको तुलनामा यो साता ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँले कारोबार घटेको हो ।

मार्केट क्यापिटलाइजेशन १ खर्ब ४१ अर्बले घट्यो
यस्तै यो साता धितोपत्र बजारको पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) समेत १ खर्ब ४१ अर्ब माथिले घट्न पुगेको छ । अघिल्लो साता ३१ खर्ब ५० अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबर पुगेको मार्केट क्यापिटलाइजेशन यो साता घटेर ३० खर्ब ८ अर्ब ७२ करोड १० लाख रुपैयाँमा झरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्