विराटनगरको विकेभिएम स्कुलको एसइईमा उत्कृष्ट नतिजा, ३ जना विद्यार्थीले ४ जिपिए ल्याए

<span class='c1'>विराटनगरको विकेभिएम स्कुलको एसइईमा उत्कृष्ट नतिजा,</span> <span class='c2'>३ जना विद्यार्थीले ४ जिपिए ल्याए</span>

विराटनगर ११ पिचरास्थित बाल कल्याण बिद्या मन्दिर ( विकेभिएम) स्कुलले एसइई अन्तर्गत मोरङ जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको छ।
विद्यालयका प्रिन्सिपल रविन दाहालका अनुसार ४ दशकदेखि शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले यसपटक जिल्लाभित्र सर्वाधिक संख्यामा ३ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्।

मोरङ जिल्लाका १ सय ७२ सामुदायिक, २ सय २२ संस्थागत र १६ वटा प्राविधिक धारका विद्यालयमध्ये विकेभिएमबाट ३ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएको उनले बताए।

विद्यालयबाट फोर जिपिए ल्याउनेमा दुर्गेश खर्ग, प्रियान्सु राउत र स्पर्श पोखरेल छन्। विद्यालयका २ सय ५७ विद्यार्थीमध्ये ३ जनाले जिपिए ४, सय जनाले ए प्लस र १ सय ११ जनाले ए स्कोर गरेका छन्।

प्रिन्सिपल दाहालका अनुसार विद्यार्थीको मिहिनेत, दक्ष शिक्षक र राम्रो व्यवस्थापनका कारण जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको हो। विद्यालयले अभिभावककोे समेत विश्वास कायम राखेको हुँदा नतिजा सुखद आएको उनको भनाइ छ।

मोरङमा १७ हजार २ सय ९५ जना नियमित विद्यार्थीले एसइई दिएका थिए। जसमा २ सय ४६ जना अनुपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्