सस्तो मान्छे

<span class='c1'>सस्तो</span> <span class='c2'>मान्छे</span>

-द्वारिका नेउपाने
एउटा मान्छे सस्तो लोकप्रियेतामा बिकेछ
टुप्पी बेचेर पहिचान खोज्दैछ

फेरि उहीँ पहिचान किन भन्दै छ
राम नाम को झोला बोक्दै छ

एउटा मान्छे फेरि हराउदैछ
सबैलाई हराइ दिने प्रयास गर्दै छ

उ रणभुल्ल छ
उ बुझ पचायेको छ
या कसै को पुच्छर समायेको छ

त्यो मान्छे सस्तो मा हरायेको छ
अस्तित्व आफै गुमायेको छ
झोला कसै को समायेको छ

एउटा मान्छे ?

गेरु बुझ्दैन
अक्षेता लाउदैन
मन्दिर जादैन
गुरु पुर्णिामा के हो भन्छ
सिकाउछ धर्म मेरो
मलाइनै

एउटा मान्छे ?

औसनी हाल्दैन
श्राद्ध गर्दैन
जनै के हो बुझ्दैन
फेरि
बुझाउने प्रयास गर्छ
मेरो तर्क मान्दैन

एउटा मान्छे?

धुप बुझ्दैन
मन्त्र जान्दैन
अर्घ के हो
छि
त्यो नि जान्दैन
सबै लाई सिकाउछ

एउटा मान्छे?

नाग पन्चमी
यम पन्चक
बैशाख पुर्णिामा
उ बुझ्दैन
बाला चतुर्दशी
सिकाउछ
पढाउछ
सस्तो लोकप्रियता मा

एउटा मान्छे ?

मणि चिन्दैन
सालिग्राम था छैन
बेद गीता रामायण बुझदैन
ब्यास चिन्दैन
भागवत सुन्दैन
र पनि आफू लाई विद्वान भन्छ

एउटा मान्छे?
सस्तो लोकप्रियेतामा
आफू बेचेर अरुलाई अङाल्ने प्रयासमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्