सपनाको सहर

सपनाको सहर

-राकेश मण्डल
अब न कसैले पाउँने आश छ,
न कसैलाई गुमाउने डर
मेटाई सके मैले आफनो
मनको सबै रहर

सजाएको थिए जुन सपना मैले,
तिमिसँगै बसाउने घर
जलिसक्यो मेरो त्यो सपनाको सहर
अब न कसैले पाउने आश छ,
न कसैलाई गुमाउने डर
मेटाई सके मैले आफ्नो,
मनको सबै रहर,

अमृत जस्तो मेरो मायालाई,
सम्झयौ तिम्ले जहर
खोजे जस्तै भेटोस् तिमीलाई,
म भन्दा धेरै माया गर्ने वर

हिजोसम्म तिम्रो खास हुने मान्छे म
आज बकवास भए ,
कति बदलिएछ हेर तिम्रो नजर
अब न कसैले पाउँने आस छ,
न कसैलाई गुमाउने डर
मेटाई सके मैले आफनो,
मनको सबै रहर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्