सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्वीकार्छ : मुख्यमन्त्री थापा

<span class='c1'>सर्वोच्च अदालतको निर्णयलाई सरकारले</span> <span class='c2'>स्वीकार्छ : मुख्यमन्त्री थापा</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताउनुभएको छ ।

कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेकपा (एमाले) प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्वीकार गर्ने प्रस्ट पार्नुभयो ।

मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागू गर्नुपर्ने बजेटको अवस्थालाई हेरर मन्त्रिमण्डल विस्तार गर्न हतारिएको बताउनुभयो । प्रदेशको बजेटसम्बन्धी सम्पूर्ण कार्य अर्थसँग जोडिएकाले आर्थिक मामिलामन्त्री नियुक्ति गरेको बताउँदै उहाँले अर्थसँग जोडिएका कार्यलाई निकास दिनु सरकारको महत्त्वपूर्ण कार्य भएको धारणा राख्नुभयो ।

मुख्यमन्त्री थापाले प्रदेशमा गठबन्धन दलहरूबीच मन्त्रिमण्डल गठनमा सहमति रहेको र यसमा कुनै विवाद छैन भन्दै नेकां दुई, नेकपा (मोओवादी केन्द्र) दुई, नेकपा (एकीकृत समाजवादवादी) एक, समाजवादी पार्टी नेपालले एकजना मन्त्री पठाउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकारले ३० दिनभित्र विश्वासको मत लिनुका साथै सोही अवधिमा मन्त्रिमण्डललाई पूर्णता दिने बताउनुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्