कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए

<span class='c1'>कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान</span> <span class='c2'>लागेका १४ महिलासहित १५ जना रोकिए</span>

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज जोर्डन जान लागेका १५ जना त्यसतर्फ जानबाट रोकिएका छन् ।

उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ ।

जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन् । विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त विषयमा अध्ययन हुँदैछ, भोलि छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ ।”

उहाँका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ । उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्