सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

<span class='c1'>सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु</span> <span class='c2'>भएर भूकम्प</span>

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम जारी छ ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्