भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौं : सभापति लामिछाने

<span class='c1'>भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग</span> <span class='c2'>गर्छौं : सभापति लामिछाने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रिय स्वाधिनता र स्वाभिमानताका विषयमा यसरी संसदमा जवाफ दिनुपर्ने वातावरण फेरि सिर्जना नहोस् भनी प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले समसामयिक विषयमा उठेका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिएर विश्वासको वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभयो । उहाँले मुलुकको सार्वभौमिकताको प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र लिङ्देलले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिबारे सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले संसदमा जवाफ दिँदै हुनुहुन्छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्