विराटनगर । विनोद भण्डारीको संयोजकत्वमा कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन भएको छ ।
आज (मंगलबार) प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र अभाष मिडियाको समन्वयमा आयोजित खेलकुद पत्रकारिता अभिमुखीकरण कार्यक्रम पश्चात कोशी प्रदेश खेलकुद पत्रकार समूह गठन भएको हो ।
खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको उपस्थितिमा संयोजकमा विनोद भण्डारी, सदस्यहरुमा चिना थापा, सुजता लिम्बू, अनुज सापकोटा, अर्जुन सुवदी, प्रकाश बञ्जरा, भुमिका पाख्रिन, सुसिला पाठक, चुमन बस्नेत, नमिन ढकाल र मनोज दाहाल गरी १२ सदस्य रहेका छन् ।
कोशी प्रदेशको १४ वटै जिल्लाका पत्रकारलाई समेट्ने गरी दुई महिनामा प्रदेश भेला गरेर संस्था दर्ता प्रक्रिया अगाडी बढाउनमा समेत सदस्य सचिव वाग्लले जोड दिएका छन् ।