विराटनगर । इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले पाँचथर प्रहरीलाई जनचेतनामुलक पर्चा हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरलाई वर्ल्डलिंकले सहयोग स्वरुप विभिन्न जनचेतनामुलक पोस्टर र ब्रोसरहरु हस्तान्तरण गरेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक प्रचार सामाग्री हस्तातरण गरेको हो । कम्पनीले पाँच हजार थान लागूऔषध,अनलाइन ठगी , साईबर अपराध, सामाजिक अपराध लगायतका विषयको जनचेतनामुलक सन्देश भएको पोस्टर र ब्रोसर प्रहरीलाई हस्तान्तरण गरेको वर्ल्डलिंकले जनाएको छ ।
पछिल्लो समय बढ्दै गएको लागूऔषध, साईबर अपराध, सामाजिक अपराधको बिषयमा जनचेतना फैलाउने सहयोग पुर्याउन उद्देश्यले कम्पनीले प्रहरीलाई सहयोग गरेको हो ।
आईतबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा कम्पनीका दमक शाखा प्रबन्धक राजन तिम्सिनाले प्रचार सामाग्री हस्तातरण गरेका हुन्।