मोटरसाइकल बोकेको भाडा तीस हजार रुपैयाँ

<span class='c1'>मोटरसाइकल बोकेको भाडा</span> <span class='c2'>तीस हजार रुपैयाँ</span>

हुम्ला । सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपैयाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा मोटरसाइकल बोकेर लैजाने गरिएको छ।

मोटरसाइकल चालक नन्द सिंहले नेपालगन्जबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिकाको स्याल्तडीसम्म गाडीमा मोटरसाइकल ल्याइन्छ। त्यस यताको करिब पाँच किलोमिटर क्षेत्रमा मानिसलाई बोकाएर मोटरसाइकल ल्याउनुपर्ने बाध्यता छ।

उहाँले सुरुमा चालिस हजार रुपैयाँबाट मोलमोलाइ सुरु भए पनि पछि तिस हजारमा मोटरसाइकल बोक्न मानिस तयार भएको बताउनुभयो। सो क्षेत्रमा मोटरसाइकल बोकेर ल्याउन कम्तीमा चारदेखि छ जना मानिस आवश्यक पर्छ।

सिमकोटमा गाडी तथा मोटरसाइकल सञ्चालनमा आएपछि पछिल्लो समय गाडी र मानिसलाई मोटरसाइकल बोकाएर जिल्लामा ल्याउने चलन बढेको छ। यसरी मानिसलाई बोकाएर १५ वटाभन्दा बढी मोटरसाइकल सदरमुकाम सिमकोट ल्याइएको छ। सुरुमा यसरी मोटरसाइकल बोकाएर ल्याउने चालकले पचास हजारसम्म भाडा तिरेको बताइन्छ। छारेबाट सडक सञ्जाल जोडिएकाले त्यो मार्ग हुँदै सिमकोटसम्म मोटरसाइकल चलाएर नै ल्याउने गरिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्