अर्किड कलेज विराटनगरमा एक हजार बढीले दिए प्रवेश परीक्षा

अर्किड कलेज विराटनगरमा एक हजार बढीले दिए प्रवेश परीक्षा

विराटनगर । विराटनगर-१०स्थित अर्किड कलेजमा कक्षा ११ को लागि प्रवेश परीक्षा सम्पन्न भएको छ ।

उक्त परीक्षामा साईन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विद्यार्थीहरुले परिक्षा दिएका थिए ।

प्रवेश परिक्षामा एक हजार जना भन्दा बढीले परिक्षा दिएको कलेजले जनाएको छ।

कलेजले विभिन्न छात्रवृति समेत प्रदान गर्ने जनाएको छ । कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिदै आएको छ । कक्षा ११ बाटै बिभिन्न तालिमका अवसरहरु विद्यार्थीहरुलाई प्रदान गरेर विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कलेजले शिक्षा दिदै आएको छ ।

कलेजमा पुर्णकालिन तथा अनुभवी शिक्षकको व्यवस्थाले कलेजमा गुणस्तरिय शिक्षा दिन सफल भएको कलेजको भनाइ छ ।

उत्कृष्ट पुर्वाधार, उत्कृष्ट शिक्षण विधिको कारण नै प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल यस अर्किड कलेजमा प्लस २ मा साईन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा भर्ना खुलेको कलेजले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्