लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आजदेखि एकीकृत करोबार सुरु

लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आजदेखि एकीकृत करोबार सुरु

लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आज (असार २९ गते)देखि एकीकृत करोबार सुरु गरेका छन् । मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे हाे ।

यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जर भएका हुन् । मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो ।

आजदेखि एकीकृत कारोबार गर्न दुवै बैंकले आफ्ना शाखा कार्यालयहरू असार २७ र २८ गते दुई दिन बन्द गरेका थिए । मर्जरपछि लक्ष्मी सनराइज बैंकको केन्द्रीय कार्यालय हाल लक्ष्मी बैंक भएकै भवनमा रहने छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने अजय विक्रम शाह हुने भएका छन् । हाल उनी लक्ष्मी बैंकको सीईओ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्