साहित्य समाजको ऐना हो : प्रदेश प्रमुख खापुङ

<span class='c1'>साहित्य समाजको ऐना हो</span> <span class='c2'>: प्रदेश प्रमुख खापुङ</span>

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले साहित्य समाजको ऐना रहेको बताएका छन् ।

प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख खापुङले साहित्य समाजको ऐना रहेको र ऐनाले सधैँ सक्कल कुरामात्रै देखाउने बताएका हुन् ।

आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तिको अवसर पारेर गरिएको कार्यक्रममा प्रदेश प्रमुख खापुङले भाषा, साहित्यको माध्यमबाट राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रिय विभुति आदिकविप्रति श्रद्धा पनि प्रकट गरेका थिए ।

प्रतिभा पुरस्कार प्रतिष्ठानले साहित्यकार नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), कवि एवं नाट्य निर्देशक अशेष मल्ल (धनकुटा), साहित्यकार पद्मराज जोशी (कैलाली), पिण्डेश्वर संस्कृत मावि धरानका संस्थापक प्रा. पुरुषोत्तम भट्टराई, साहित्यकार एवं संस्कृतिकर्मी मान बज्राचार्य (चतरा सुनसरी), उपन्यासकार जानुका खतिवडा (झापा)लाई सम्मान तथा नगद् पुरस्कार प्रदान प्रमुख अतिथि माननीय परशुराम खापुङबाट भएको थियो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीको सभापतित्वमा परोपकार अभियान समूहको भवनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्