झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने

झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने

झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले ६,६६,६००/– कित्ता शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।

झापा ईनर्जी लिमिटेड पिंगलास्थानमा शुक्रबार एक कार्यक्रम गरी कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

सम्झौतापत्रमा झापा इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरे। सो कार्यक्रममा झापा इनर्जी लिमिटेडका वित्तीय परामर्शदाता कमल पनेरु, व्यवस्थापक तथा वित्त प्रबन्धक सरोज श्रेष्ठ र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत इन्दिरा न्यौपानेलगायत सहभागी थिए।

सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने शेयर ६ करोड ६६ लाख ६० हजार रुपैयाँ बराबरको ६ लाख ६६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक प्रक्रिया पूरा गरी शेयर निष्कासनको लागि आवेदन दिने योजना छ।

यस कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको विकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुले दिए। आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्