गजल

गजल

-किस्मत खतिवडा
गरिब भनेर छोड्दा भोलि बचत, हुनसक्छ सोचिनौ
झुपडीको ठाउँमा पक्की घर छत, हुनसक्छ सोचिनौ

घरको न घाटको बनाइदियौ आखिर मलाई तिमीले
अरुको जिन्दगी सँग खेल्नु गलत, हुनसक्छ सोचिनौ

कहिल्यै निको नहुने चोट दियौ मलम बन्नुको सट्टा
घाउ निको भए पनी भित्र खत, हुनसक्छ सोचिनौ

छुट्ने बहाना बनाउन मेरो अतित कोट्याउन पुग्यौ
सायद तिम्रो पनि आफ्नो बिगत, हुनसक्छ सोचिनौ

दुनिया सामु मेरो अपमान गर्दै हिड्यौ कुरै नबुझी
समाजमा मेरो पनि थोरै इज्जत, हुनसक्छ सोचिनौ

बिचार गर्नु पर्थ्यो कसैलाई दोष लगाउनु अगाडि
दोषी ठहर्याउन प्रमाण जरुरत, हुनसक्छ सोचिनौ ||

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्