भानुकला केन्द्रले यो देशको अमुल्य निधिलाई सदैव सम्मान गरेको छ : प्रदेश प्रमुख खापुङ

भानुकला केन्द्रले यो देशको अमुल्य निधिलाई सदैव सम्मान गरेको छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले विराटनगरको पुरानो संस्था भानुकला केन्द्रले यो देशको अमुल्य निधिलाई सदैव सम्मान गरेको बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तको उपलक्ष्यमा भानुकला केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।

स्रष्टा सम्मान, समावेशी बहुजातीय सांस्कृतिक कार्यक्रम भनेर आमन्त्रण गर्दा त्यो पढ्ने बित्तिकै मुलुक सुहाउँदो कार्यक्रम रहेको समेत उनले बताए ।

आदिकवि भानुभक्त आचार्य र भानुकला केन्द्रका संस्थापक चतुर्भुज आशावादीको फोटोमा माल्र्यापण गरेर शुरु गरिएको कार्यक्रममा साहित्यकार हरिप्रसाद बराल र पत्रकार तारा आचार्यलाई सम्मान गरिएको थियो ।

साहित्यकार दधिप्रसाद सुवेदीले आदिकवि भानुभक्त आचार्यको जीवनीमाथि प्रकाश पारेका थिए भने विभिन्न भाषाका कविता र नृत्यहरु कार्यक्रममा प्रस्तुत भएको थियो ।

विवश पोखरेल, मधु पोखरेल, खेम नेपाली, हरि कट्टेललगायत थुप्रै श्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व भानुकला केन्द्रकी अध्यक्ष माया पौडेल आशावादीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्