नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिने निर्णय गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालयको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी बरारलाई दिएको हो ।
बराल एमाले स्थायी कमिटी सदस्यसमेत हुन् । यसअघि यो जिम्मेवारीमा पार्टी उपमहासचिव विष्णु रिमाल थिए ।
बराल विराटनगर १२ का निवासी हुन् ।