सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितमा नहरमा डुबेर एक जना बालिकाको मृत्यु भएको हो ।
सोमबार दिउँसो बाटोमा खेल्ले क्रममा अचानक नहरमा झरी डुबी धरान उप-महानगरपालिका-१७ घर भई हाल बराहक्षेत्र स्थित मामा घरमा बस्दै आएकी ५ बर्षीय कृष्णा मगर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसगै अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बराहक्षेत्र-८ शेरे चोक स्थित सोहि नहरमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल