ईलाममा पिकअपको ठक्करबाट बालकको मृत्यु

ईलाममा पिकअपको ठक्करबाट बालकको मृत्यु

ईलाम । ईलामको सुर्योदय नगरपालिका-४ भित्री कच्चि सडक खण्डमा पिकअप गाडीको ठक्करबाट बालकको मृत्यु भएको छ ।

सोमबार दिउँसो साढे ४ बजे बाटोमा रोकी राखेको मे.१ ज ३६२ नम्बरको पिकअप गाडी अगाडी बढाउने क्रममा स्थानीय धिरज रिजालको छोरा २० महिनाको रियन रिजाललाई अचानक किच्दा घाईते भएका बालकको उपचारको क्रममा फिक्कल अस्पताल फिक्कलमा मृत्यु भएको हो ।

घटनामा संलग्न पिकअप चालक २६ बर्षीय रेजन मगरलाई प्रहरीले नियन्त्रणमा लिई छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्