मोरङ, झापा र ईलामबाट लागुऔषध सहित ५ जना पक्राउ

मोरङ, झापा र ईलामबाट लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर । मोरङ, झापा र ईलामका बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले मंगलबार दिउँसो पौने २ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका - ४ का ३९ बर्षिय धन बहादुर थापालाई निजकै घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी ट्रमाडोल ६ सय २९, स्पास्पेन ६ सय ६५पिस सहित नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट प्रदेश ०२-०२२ प ८७२७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका स्थानिय २९ बर्षिय अशोक डुम्जन तामाङ्लाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा मोटरसाईकलको हेलमेट भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ८ मिलिग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रमा लिएको हो ।

यसका साथै ईलामको सुर्योदय नगरपालिका-६ कन्याम स्थित झापाबाट ईलाम तर्फ जादै गरेको बा २१ च ७९७१ नम्बरको कारमा लुकाई छिपाई लादै गरेको ब्राउन सुगर सहित स्थानीय २४ बर्षिय समिर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्