गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ

<span class='c1'>गत आवमा लागुऔषध प्रयोग गर्ने</span> <span class='c2'>साढे पाँच हजारभन्दा बढी पक्राउ</span>

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ ।

उनीहरुविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार उनीहरुबाट १८ हजार २२ किलो गाँजा, पाँच सय २८ किलो चरेस, १४ किलो तीन सय ५० ग्राम हिरोइन, १४ किलो पाँच सय ६७ ग्राम कोकिन र ३४ किलो दुई सय ५८ अफिम बरामद भएको थियो ।

उक्त अवधिमा ६२ हजार दुई सय ७९ एम्पुल ब्रुफेन, ६७ हजार चार सय ३४ एम्पुल डियाजेपाम, ३४ हजार आठ सय २९ एम्पुल फेनारगन, एक लाख पाँच हजार चार सय १४ ट्याबलेट नाइट्राभेट १० हजार सात सय ९७ ट्रामाडोल, आठ हजार नौ सय ५१ बोतल कोरेक्स तथा डाइलेक्स एवं पाँच सय एक किलो खात बरामद गरिएको जोशीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्