सङ्खुवासभाको खाँदबारी युथ क्लबको अगुवाइमा बजार क्षेत्रको अव्यवस्थित तार हटाइदै

<span class='c1'>सङ्खुवासभाको खाँदबारी युथ क्लबको अगुवाइमा</span> <span class='c2'>बजार क्षेत्रको अव्यवस्थित तार हटाइदै</span>

विराटनगर । सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार आसपास रहेको अव्यवस्थित तारहरु हटाउने कार्यमा यतिबेला खाँदबारी युथ क्लवका युवाहरु जुटेका छन् ।

बजार क्षेत्रको सौन्दर्यीकरणका लागि अव्यवस्थित रहेको टेलिकम, केबल लगायतका तार हटाउने कार्यमा क्लबका युवाहरु जुटेका हुन् ।

विद्युत पोलमा अव्यवस्थित प्रयोग विहिन रहेका तारहरु श्रावण २ गतेदेखि हटाउन सुरु गरिएको क्लबका महासचिव सुरेन शाक्यले जानकारी दिए ।

उनका अनुसार खाँदबारी नगरपालिका १ का वडाध्यक्ष निरन्जन श्रेष्ठ र दुरसंचार प्राधिकरणका प्रमुख प्रेम राईको सहयोग साथै टिभि केवल नेट र अन्य इन्टरनेट प्रदायक कम्पनीकहरुको समन्वयमा अव्यवस्थित ताहरु हटाउने कार्य भइरहेको छ ।

नगरपालिकाको क्षेत्राधिकार भित्र रहेको उक्त कार्यमा नगरपालिकाले कुनै चासो नदेखाएपछि क्लबका सम्पूणर् प्रतिनिधिहरुको सहकार्यमा काम आरम्भ गर्न थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्