पाँचथरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु,३ जना घाईते

<span class='c1'>पाँचथरमा सवारी दुर्घटना हुँदा एक</span> <span class='c2'>जनाको मृत्यु,३ जना घाईते</span>

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१ मेची राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।

आज बिहान साढे ८ बजे फिदिम बजारतर्फ आउदै गरेको प्र. १-०१-००१ स ८७०५ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका अटोमा सवार फिदिम- ६ का ५५ बर्षीया हरीमाया तुम्रोकलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

घाईते भएका स्थानीय ३६ बर्षीया बसन्ती लिम्बु, १९ बर्षीय सन्देश लिम्बु र कुसल लिम्बुको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

अटो चालक फिदिम-६ का २५ बर्षीय दिपक लिम्बुलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्