कोशी प्रदेशमा प्राविधिक अध्ययनको लागि मनमोहन प्राविधिक विश्वविद्यालय

<span class='c1'>कोशी प्रदेशमा प्राविधिक अध्ययनको</span> <span class='c2'>लागि मनमोहन प्राविधिक विश्वविद्यालय</span>

विराटनगर । कोशी प्रदेशमा नै पहिलो प्रादेशिक प्राविधिक विश्वविधालयको रुपमा रहेको मन मोहन स्मृति पोलिटेक्निक विश्वविधालय विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्दै आएको छ ।

विश्व विद्यालयको आङगिक शिक्षालयको रुपमा पहिचित मनमोहन स्मृति पोलिटेक्निकमा विभिन्न प्राविधिक तथा रोजगारीको उच्च सम्भावना भएका कारण पनि कलेज पछिल्लो समय विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न थालेको हो । उत्कृष्ट भौतिक पूर्वाधार साथै अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइदै आएको कलेजमा विभिन्न विषयमा छात्रवृत्तिहरुको समेत व्यवस्था रहेको छ ।

नेपाल सरकारबाट ३ पटक उत्कृष्ट घोषित भएको यस मनमोहन स्मृति पोलिटेक्निकमा रोजगारी मुलक पढाई हुने विषयहरुलाई लक्षित गरिदै आएको विश्वविद्यालयका प्राचार्य इन्जिनियरिङ्ग सुदिप अधिकारीले जानकारी दिनुभयो ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग अन्तर्गत सिभिल इन्जिनियरिङ्ग,इलेक्ट्रिक इन्जिनियरिङ्ग,इलेक्ट्रिकल,मेकानिकल,इलेक्ट्रोनिक्स,इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ,आर्किटेक्चर,आई.टि. (इन्फर्मेशन टेक्नोलोजी) मा ३ बर्षिय डिप्लोमा पढाई हुदै आएको छ ।

त्यसैगरी डिप्लोमा २४ महिनेतर्फ सिभिल इन्जिनियरिङ्ग,इलेक्ट्रिकल इन्जिनियरिङ्ग,मेकानिकल इन्जिनियरिङ्ग, अटोमोबाइल इन्जिनियरिङ्ग अध्ययापन गराईने मन मोहन स्मृति पोलिटेक्निकले जनाएको छ। प्रोफेसनल तालिम १६९६ घण्टा तर्फ विल्डिङ इलेक्ट्रिसियन,कम्प्युटर हार्डवयेर टेक्निसियन र लाईट भेइकल मेकानिक तालिमको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्