झापामा प्रहरी चेकजाँचका क्रममा एकको मृत्यु

<span class='c1'>झापामा प्रहरी चेकजाँचका</span> <span class='c2'>क्रममा एकको मृत्यु</span>

बिर्तामोड । झापा कनकाई नगरपालिका ७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भएको हो ।

बिहीबार बिहान ७ बजेर १० मिनेटमा पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित कनकाई ७ दुर्गापुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०१-०१६ प ५०९८ नम्बरको मोटरसाईकलमा सवार दर्जी सडकको ट्राफिक चेकिङ छलेर भाग्न खोज्दा विपरित दिशाबाट आइरहेको प्र १-०१-००१ च ७४०७ नम्बरको पिकअप भ्यानसँग जुधेकाे थियो ।

दुर्घटनामा परि मोटरसाईकल चालक दर्जीको उपचारका क्रममा बिहिबार बिहान साढे ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, ट्राफिक प्रहरीले बिना सुचना बोर्ड तथा बिना सावधानी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै स्थनीयले १ घण्टा सडक अवरुद्ध पारेका छन् । प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधि सामाजिक व्यक्तित्व लगायतको समन्वयमा सडक सुचारु गराएको छ । गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्