सिरहामा सामुदायिक वन अतिक्रमण गर्ने तीनजना नियन्त्रणमा

<span class='c1'>सिरहामा सामुदायिक वन अतिक्रमण</span> <span class='c2'>गर्ने तीनजना नियन्त्रणमा</span>

गोलबजार । वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।

टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो ।

सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

गोलबजार–१० धोबियाधारस्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको सहायक वन अधिकृत सत्यनारायण यादवले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनालाई वन ऐनअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्राले जानकारी दिनुभयो । सो वन क्षेत्रमा गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयले करिब ३० हेक्टर जग्गामा तारबारसहित वृक्षरोपण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्