गजल

गजल

-किस्मत खतिवडा
जो भाग्यमा छैन उसैसंग प्यार कसरी भयो
यति बुझ्नु छ मलाई छोड्न हतार कसरी भयो

मेरो मन मस्तिष्क चारैतिर तिमी नै छौ भन्थ्यौ
अर्कैलाई दिलमा राज गर्ने अधिकार कसरी भयो

माया भन्दा ठुलो धन हैन भनेर सम्झाउथ्यौ मलाई
धनकै लागि पवित्र मायाको व्यापार कसरी भयो

माया त तिमी पनि असाध्यै गर्थ्यौ जति मैले गर्थे
छुट्टीदा पिडा मलाई मात्र बारम्बार कसरी भयो

म आफैले आफैलाई  सवाल गरिरहेको हुन्छु
छोडी जाने निस्ठुरीको लागी इन्तजार कसरी भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्