म ‘म’ हुन चाहन्छु !

<span class='c1'>म ‘म’ हुन</span> <span class='c2'>चाहन्छु !</span>

-मन्जु सिग्देल
कति थिए पिडाहरु
ती सबलाई सम्झि-सम्झि
तिमीले दिएका घातहरुमा
बगिरहेको छ आँसुहरु
ठिक छ यी
एकछिन बग्न देउ
तबसम्म
जबसम्म सुक्दैन आँखाको पोखरी,

खै! आफैलाई थाहा छैन
तिमीले दिएका
के कति छन घाउहरु
गिन्ति गर्दैछु

तिमीबाट अब सदाको लागि
म फर्किन चाहन्छु
हो !अब
टाढा टाढा जानू छ,
तिमीबाट
त्यसैले मैले च्यातिसके
तिम्रो यादले घोच्ने ति पत्रहरु
किन कि !अब
फेरि तिमीसम्म फर्किन चाहन्न
सुन्न चाहन्न फेरि पनि तिम्रो ति आवाजहरु
तिमीले
बन्द गरि दिए हुन्छ
अब चिहाउनु छैन
मेरो निम्ति खुलेका ती झ्याल ढोकाहरु,
हो ! म
धेरै थाकिसकेकि छु
अब म आफ्नै मनलाई बहलाएर
म म हुन चाहन्छु
बस केवल म म हुन चाहन्छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्