पिंजडा भित्रको म

पिंजडा भित्रको म

-किरण न्यौपाने
हो म बन्धनमा बाधिएको छु
त्यो कारागार भित्रको कैदी जस्तै..!

मलाई पनि त रहर छ नि
खुल्ला आकाश मुनि
यी मेरा पंख फिजाइ रमाउने
गल्ती के थियो
कि मेरा आखा खुल्न न पाउदै
अपराधीलाई सजाए दिए झै थुनिए म!!

हो म बन्धनमा बाधिएको छु
त्यो कारागार भित्र को कैदी जस्तै..!

मलाई स्वतन्त्रताका साथ
मेरा उडान भर्न मन छ
रमाउदै, खेल्दै, कराउदै
खोला वारि र पारी,
डांडाकांडाहरुमा
सरर बगेको हावाको वेगमा
मेरा हुलसङ वहन मन छ
विडम्बना! म त तारले घेरेको महल भित्र छु!!!

हो म बन्धनमा बाधिएको छु
त्यो कारागार भित्र को कैदी जस्तै..!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्