विराटनगर । सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यका वाईफाई नेपालको नयाँ अफर ल्याएको छ।
नेपालका सबै प्रमुख शहरमा आफ्नो सेवा विस्तार गरिसकेको इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले "वाईफाई भाइको दिलदार अब झनै शानदार " अफर अन्तर्गत बिना कुनै थप शुल्क ६२१५ रुपैयाको ५० एमबिपिएसको वार्षिक प्याकेजमा १ महिना अतिरिक्त दिने भएको छ भने ८४७५ मा ८० एमबिपिएस स्पिडको १३ महिना उपलब्ध गराउने भएको हो ।
५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्नका लागि न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । तीन महिने प्याकेजका लागि कुल तीन हजार १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ, जसमा तीन महिनाको शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ लाग्नेछ ।
छ महिना र एक वर्षका लागि जडान गर्दा तारको शुल्क नलाग्ने र यसरी तीन महिनाका लागि वाई-फाई नेपालकाे ५० एमबीपीएस इन्टरनेट जडान गर्दा कुल तीन हजार १०० रुपैयाँ, छ महिनाका लागि तीन हजार ६०० रुपैयाँ र एक वर्षका लागि पाँच हजार ५०० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । अर्कोतर्फ ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रुपैयाँ लाग्छ, जसमा एक हजार ६०० रुपैयाँ तीन महिनाको इन्टरनेट शुल्क, ५०० रुपैयाँ तार शुल्क र एक हजार ५०० रुपैयाँ राउटर शुल्क समावेश हुनेछ ।
सुरुवातमा छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुपर्दैन । यसरी तीन महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा तीन हजार ६०० रुपैयाँ, छ महिनाका लागि चार हजार ७०० रुपैयाँ र एक वर्षका लागि सात हजार ५०० रुपैयाँ लाग्ने छ ।
इन्टरनेट जडान गर्न कम्पनीको कार्यालयमा सम्पर्क गरेर , फेसबुक पेज वा वेबसाइटमा गएर बुक गर्न सकिने कम्पनीले जनाएको छ ।