मिलेमतो बिना सुन तस्करी सम्भव छैन : सभापति लामिछाने

मिलेमतो बिना सुन तस्करी सम्भव छैन : सभापति लामिछाने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिलेमतो बिना सुन तस्करी सम्भव नरहेको बताएका छन् ।

विराटनगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो बताएका हुन् ।

मिलेमतो बिना सुन तस्करी नहुने बताउदै उनले भने,‘तर कुन लेभलको कुन ढंगको भन्ने अनुसन्धानको विषय छ ।’
यही कारण गृहमन्त्रीको राजीनामा माग्ने कुरा आफूहरूको एजेन्डा नरहेको बताउदै उनले सरकारकै निकायले पत्ता लगाएको बताए ।

रास्वपा आफ्नै लाईनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डासँग लिनुदिनु नरहेको बताए ।

मुलुकमा संवैधानिक सर्वाेच्चता आफूहरूको लाईन भएको भन्दै भागबन्डामा देशका महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्