कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट

<span class='c1'>कुथेली बुखरी स्मल</span> <span class='c2'>हाइड्रोपावरको आईपीओ बाँडफाँट</span>

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ।

आइतबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एमएमबि क्यापिटलको कार्यालयमा कम्पनीको शेयर बाँडफाँट भएको हो।

कम्पनीले असार २६ गतेदेखि आज २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार १५१ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १० लाख ४८ हजार ४६८ आवेदन मार्फत १ करोड ११ लाख ३५ हजार ४३० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये १० लाख ४७ हजार ३०५ आवेदन स्वीकृत भएको छ भने १ हजार १६३ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ। जसअनुसार १० हजार ११५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

जसमध्ये भाग्यमानी एक जनाले कम्पनीको थप एक कित्ता शेयर अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्