जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा मिटरब्याजी पीडितले खाए विष

<span class='c1'>जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा</span> <span class='c2'>मिटरब्याजी पीडितले खाए विष</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलका लागि आएका कटहरी गाउँपालिका ३ का बिनित कुमार सोनारले विष सेवन गरेका छन् । मिटरब्याज पीडित सोनार र विपक्षी डा.नितेष तिवारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले छलफलमा बोलाएको थियो । तिवारी विरुद्ध उनकी श्रीमती रिता सोनारले असारमा उजुरी दर्ता गरेकी थिइन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले दुई पक्षबीच छलफल गराइएको भएपनि बाहिर के भयो भन्ने जानकारी नभएको बताएका छन्  ्विराटनगर–७ स्थित आर.के.चिल्ड्रेन अस्पताल अगाडी चिया–नास्ताको पसल चलाउने क्रममा चारवर्ष अगाडी सोनारले डाक्टर तिवारीसँग सात लाख लिएका थिए । सात लाख रुपैँया लिएको ऋण १५ लाख बुझाईसक्दा समेत अझै १२ लाख बाँकी रहेको भन्दै माग्ने गरेकोले अनुचित लेनदेनमा उजुरी दिइएको थियो ।

बिनितकी श्रीमती रिता सोनारले जिल्ला प्रशासन कार्यालय मोरङमा अनुचित लेनदेनमा फसाएको भन्दै असारमा उजुरी दिनु अगाडी डाक्टर तिवारीले अदालतमा चेक बाउन्स मुद्दा हालेका थिए । अदालतको आदेशले सोनारलाई पक्राउ गर्नु पर्ने थियो । अदालतको आदेश अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि आएको सूचना पाएर दिउँसो ४ बजे नियन्त्रणमा लिन खोजेको थियो । प्रहरीलाई खबर समेत डाक्टर तिवारीले नै गरेका थिए । त्यस क्रममा सोनारले कुनै वस्तु मुखमा हालेका थिए । प्रहरी नियन्त्रणमै रहँदा फिँज काड्न थालेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । नोबेल अस्पताल भर्ना गर्दा उनले किटनासक औषधी खाएको खुलेको थियो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार किटनासक औषधी खाएको खुलेपछि अहिले उपचारका लागि भर्ना गरिएको छ ।

केहि दिन अगाडी ओबीको अफिसमा आएका सोनारले डाक्टरसँग ऋण लिएका बेला खाली चेक साइन गराएर लिएको बताएका थिए । त्यहि चेक लिएका डाक्टरले ऋण तिरिसक्दा पनि बाउन्स गराएर हैरानी दिएको बताएका थिए । चेकमा डाक्टर आफैंले लेखेको तर साइन मात्रै आफूहरुको भएको उजुरीमा उल्लेख छ । बिनितको नाममा भएको मुक्तिनाथ विकास बैंक, मेघा बैंक, बहिनी दिव्याकुमार साहको नाममा रहेको मेघा बैंकको चेक, यसैगरी भाई अजितकुमार सोनारको नबिल बैंक र ग्लोबल आईएमई बैंकको चेक, यसैगरी कृष्ण यादवको समेत नबिल बैंकको एकथान खाली चेक हस्ताक्षर गराएर लिइएको उजुरीमा उल्लेख छ । ढेड वर्षमा सात लाख रुपिँया ऋण लगानी गरेर १५ लाख रुपिँया असुलका डाक्टर तिवारीले अझै १२ लाख बुझाउनु पर्ने भन्दै बारम्बार टर्चर दिने गरेको आरोप लगाइएको थियो ।

तर, डाक्टर तिवारीले भने आफूले नगद दिएर चेक लिएको बताएका थिए । डाक्टरले नगद दिएको भनेर दावी गरिएको रकम कति हो भन्ने कहिं खुल्दैन । उनले बिनित उनका भाई अजितलाई १५ लाख रकम दिएको तर फिर्ता नदिएको दावी गरेका छन् । यद्यपी बिनितले अदालतबाट चेक बाउन्स मुद्दामा पक्राउ आदेश भएपछि जसरी पनि ऋण फिर्ता गर्ने भनेर वाट्सपमा भनेका छन् । तर,रकम कति भने उल्लेख गरेका छैनन् । डाक्टर तिवारीले आफ्नो पैसा फिर्ता नदिएपछि उनी भागेको बताएका थिए । बिनितले भने डाक्टर तिवारीले जुनसुकै बेला ज्यान मार्नसक्ने धम्की दिएकोले आफू असुरक्षित भएको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्