इलामको पर्यटकीय स्थल कन्याममा ‘एटिभी‘ राइड

इलामको पर्यटकीय स्थल कन्याममा ‘एटिभी‘ राइड

इलाम । आन्तरिक पर्यटकको रोजाइमा रहेको इलामको पर्यटकीय स्थल कन्याममा एटिभी राइड (चार पाङ्ग्रे बाइक) को सेवा सञ्चालन गरिएको छ ।

सूर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा कन्याम एड्भेन्चर प्रालिले साहसिक यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी दुई वटा एटिभी राइडको सेवा सुरु गरेको हो ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले सो सेवाको उद्घाटन गर्दै कन्याममा पर्यटकका लागि नयाँ आयाम थपिएको जानकारी दिनुभयो ।

कन्याम चिया बगानभित्रको बाटोमा विभिन्न प्याकेजमा यात्रा गराइने कम्पनीका रामप्रसाद उपाध्यायले बताउनुभयो । सूर्योदय नगरपालिका-७ का अध्यक्ष लोकबहादुर राईले घोडचढीसँगै थपिएको राइडले स्वदेशी पर्यटकलाई कन्याममा थप आर्कषित गर्ने बताउनुभयो ।

नगरपालिकाले कन्याममा सिसाको पुल निर्माण गरिरहेको छ भने निजी कम्पनीले कन्याममा स्काई वाक निर्माण गरी सञ्चालन गरिरहेको छ । कन्याममा दैनिक रूपमा हजारौँ पर्यटक घुम्न आउने गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्