खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई निलम्बन गर्ने निर्णय

<span class='c1'>खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज</span> <span class='c2'>खतिवडालाई निलम्बन गर्ने निर्णय</span>

खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई निलम्बन गर्ने निर्णय गरिएको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले जानकारी दिए ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हुँदा विद्युत्त लाइन बिस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको थियो ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई निलम्बनको निर्णय गरिएको गृह प्रवक्ता शर्माले बताए । खतिवडा असार तेस्रो साता प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर खोटाङ गएका थिए ।

प्रजिअ निलम्बनमा परेसँगै सहायक प्रजिअ पवित्र शाहले निमित्त प्रजिअको जिम्मेवारी समालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्