सप्तरीका खोलामा आकस्मिक बहाव आउन सक्ने जोखिम

<span class='c1'>सप्तरीका खोलामा आकस्मिक</span> <span class='c2'>बहाव आउन सक्ने जोखिम</span>

सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ३ घण्टामा फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।

बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्र भएर बग्ने खोलामा आकस्मिक बहाव आउन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै, आज बिहान इलामको बारफल्याङ र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको महाशाखाले जनाएको छ ।

झापाको बिरिङलगायतका खोलामा बाढी आउन सक्ने जोखिम छ । ती क्षेत्रमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ । आज कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

काठमाण्डौ उपत्यकाका केही ठाउँमा हिजो बेलुका मुसलधारे वर्षा भएको थियो । मनसुन सक्रिय नै रहेकाले आज पनि काठमाण्डौ उपत्यकाका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्