छात्रवृत्ति दिएको लिस्ट नबुझाएकोले इटहरीमा २ वटा संस्थागत विद्यालयको दर्ता खारेज

<span class='c1'>छात्रवृत्ति दिएको लिस्ट नबुझाएकोले इटहरीमा २</span> <span class='c2'>वटा संस्थागत विद्यालयको दर्ता खारेज</span>

इटहरी उपमहानगरपालिकाले इटहरीमा सञ्चालित २ वटा संस्थागत विद्यालयको दर्ता खारेजी गरेको जनाएको छ ।छात्रवृत्ति दिएको लिस्ट उपमहानगरमा नबुझाएकोले इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुलको सञ्चालन अनुमति खारेज गरेको हो ।

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम २५१(२) मा व्यवस्था भएबमोजिम शैक्षिक सत्र २०८० का गरेको छात्रवृत्तिको विवरण पेस नगरेकाले अनुमति खारेजी गरेको इटहरी उपमहानगरका शिक्षा महाशाखा प्रमुख उप सचिव सूर्यप्रसाद सुबेदीले बताए । विद्यालयले उपलब्ध गराएको छात्रवृत्तिको विवरण पेस सम्बन्धमा पत्र पठाएको थियो । पटक पटक पत्र पठाउँदा पनि छात्रवृत्ति विवरण तोकिएको समयावधिभित्र समेत पेस नगरिएको पछि असार २९ गते बसेको नगर शिक्षा समितिको बैठकको बैठकले इटहरी नमुनालाई ५० हजार र इटहरी चिल्ड्रेन होमलाई एक लाख जरिवाना सहित विवरण पेस गर्न पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्