सोमबार सेयर बजारको परिसूचक नेप्से २२०० अंकमा झर्यो

सोमबार सेयर बजारको परिसूचक नेप्से २२०० अंकमा झर्यो

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से २२०० अंकमा झरेको छ ।

अघिल्लो दिनको तुलनामा २६.६६ अंकले नेप्से घटेको हो । परिसूचक नेप्से घट्दा कारोबार रकम भने बढेको छ ।

आइतबार कुल ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब ७३ करोडको कारोबार भयो । कुल ५० कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो भने ६ वटाको स्थिर रह्यो‍ ।

बैंकिङ २७, विकास बैंक १४९, फाइनान्स ३७, होटल तथा पर्यटन ६०, जलविद्युत् १२, जीवन बीमा १४३, उत्पादन ११४, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा १३४, र ब्यापार उपसमूह ९० अंक घटे । अन्य उपसमूह भने ४५ अंक बढ्यो । किसान लघुवित्तको १० र नेपाल पुनर्बीमा कम्पनीको मूल्य ६ प्रतिशत बढ्यो ।

लिबर्टी इनर्जीको मूल्य ६ प्रतिशत नै घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, शिवम् सिमेन्ट र कुमारी बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्