गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १५.४५ प्रतिशतले कमी हो ।
गत आर्थिक वर्ष कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले कमी हो भने निर्यात २१.४४ प्रतिशतले कमी हो ।
गत आर्थिक वर्ष सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण व्यापार घाटामा कमी देखिएको छ ।