लेटाङ नगरपालिका–१ का ४५ वर्षीय ऋषिराम दाहालको आइतबार दिउँसो मृत्यु भएको छ।
ऋषिरामलाई घरदेखि पश्चिमतर्फ भीमबहादुर लामाको खेतमा छटपटाइरहेको अवस्थामा देखेर उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ पु¥याउना साथ चिकित्सकले मृत घोषित गरेको डिएसपी दाहालले बताए।
ऋषिरामकी छोरीले बुबा छटपटाइरहेको देखेपछि आमालाई खबर गरेको र श्रीमतीले उपचारका लागि लगेको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।