विराटनगर । मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो पौने १२ बजे विराटनगर महानगरपालिका -१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका -६ का बिबेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकँजाच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६ एम्पुल लागुऔषधी फेलापारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी सोमबार राती १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका १ रत्नचोक स्थितबाट स्थानीय २१ बर्षीय शैलेस गुरुङलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । यसका साथै लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका- ४ भद्रपुर रोड स्थितबाट १ ग्राम १ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित स्थानीय २५ बर्षीय रबी चौधरी, १९ बर्षीय प्रियान्स साह र २४ बर्षीय विशाल बि.क. लाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानुनी कारबाही प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।