सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ । उपमहानगरपालिका–१०, सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठसमेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद चार लाख ७ हजार ६४० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्